Categories समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

Advertisement

काठमाडाैँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो। ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ। यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर ७२–५०० सिरिजको विमान दुर्घटनामा मुलुकले ५७ जना नागरिक गुमायो भने १५ जना विदेशीको ज्यान गयो।

दुर्घटनाले दुई साताअघि (सन् २०२३ जनवरी १) मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति पनि प्रश्नचिह्न उठ्ने खतरा बढेको सरोकारवालाको चिन्ता छ। विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो। वर्षाैंअघि गर्नुपर्ने काम पनि पूरा नगरी अन्तिममा हतारहतार गरिनुले सरकारी निकायप्रति नागरिकले प्रश्न उब्जाएका थिए। अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडानबिना नै भएको भनेर सामाजिक सञ्जालमा सबैभन्दा बढी गुनासो पोखिएको थियो। अन्तर्राष्ट्रिय उडानका लागि गरिएको पहल नै प्रभावकारी हुन नसकेको र कतै यो विमानस्थलले नामको मात्र अन्तर्राष्ट्रिय मान्यता पाउने तर उडान सबै आन्तरिक मात्र हुने पो हो कि भनेर आलोचनासमेत भएको थियो।

Advertisement

त्यसबाहेक विमानस्थलको सुरक्षाप्रति पनि सरोकारवालाले बढी हेलचक्र्याइँ गरेको गुनासो थियो। सुरक्षाप्रति प्रश्न उठ्नुको कारण भने पोखरा महानगरपालिकाले विमानस्थलनजिकैको ल्यान्डफिल साइट व्यवस्थापनमा गरेको ढिलाइ थियो। किनकि ल्यान्डफिल साइटका कारण चरा आकर्षित हुने र त्यसले हवाई उडानमा जोखिम निम्तिन सक्ने सम्भावनाको चर्चा भएको थियो। 

Advertisement

यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *