काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री यादवले आज बस्ने प्रदेशसभाको बैठकमार्फत विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।
बैठक बिहान ११ बजेदेखि बस्नेछ । यादवले विश्वासको मत लिने यसअघि प्रकाशित सचिवालयको कार्यसूचीमा उल्लेख गरिएको थियो ।
मधेश प्रदेशमा १ सय ३ सांसद रहेका छन् । जसमा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहसहित ७२ सांसदले समर्थन गरेका छन् ।
मधेस प्रदेशमा २२ सांसद रहेको कांग्रेसले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निश्चित भएको छ। यसअघि मुख्यमन्त्री दाबी गर्दा यादवलाई काँग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थिएन ।








