Categories समाचार समाज

आशा किरण केन्द्रलाइ व्हीलचेयर

पर्सा । आशा किरण केन्द्रमा रहेकी १४ वर्षीय सफ्रीन थापालाइ युवानेता अरबिन्द सिंह र अमरेस रायद्वारा १ थान व्हीलचेयर सहयोगमा गरिएको छ ।

बिरगंजको मुर्लीमा बसोबास गर्दै आएकी सफ्रीन थापाकी आमा मन्जु थापाले मेरो सन्तानको मेरुदण्ड पक्षघात भएकोले हिलडुल गर्न सक्दैन थियो तर आज आशा किरण केन्द्रले सफ्रीन भित्र एउटा आशा जगाएको कुरा बताइन, अब म आफ्नो बच्चालाई कहि कतै सजिलो सङै बाहिर भित्र लग्न सक्छु भन्दै दातालाइ धन्यवाद दिनु भएको थियो ।

Advertisement

आशा किरण केन्द्रले सुस्त मनस्थिति, मस्तिष्क पक्षघात बालबालिकाहरुको दैनिक हेरचार गरेको देखेर विशेष प्रकारका बच्चालाई पनि एउटा शैक्षिक स्थान प्राप्त भएको साथै हाम्रो तर्फबाट यस संस्थालाई नियमित सहयोग हुने साथै अरुपनी सहयोगी निकायहरुमा यस बारे जानकारी गराउने प्रतिबद्धता सिंहले गरेका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *