Categories समाचार

वीरगञ्ज व्यवस्थित गर्न ज्येष्ठ नागरिकको अनुभव आवश्यक छ : महानगर प्रमुख सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जको विकासका लागि ज्येष्ठ नागरिकको मार्गदर्शनको आवश्यक्ता रहेको बताउनु भएको छ ।

एक्लैको प्रयासले मात्रै केही गर्न नसक्ने भन्दै उहाँले वीरगञ्जलाई व्यवस्थित गर्न सबैको साझा प्रयास हुनु पर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकको अनुभव आवश्यक रहेको बताउनु भयो ।

Advertisement

ज्येष्ठ नागरिक संघ पर्साको आयोजनामा शुक्रबार वीरगञ्जको ज्येष्ठ नागरिक पार्कमा दम रोग र उपचार विधीका बारेमा आयोजित प्रशिक्षण शिविरलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

Advertisement

गम्भीर प्रकृतिका दीर्घ रोगको उपचारका लागि महानगरले आवश्यक सहयोग गर्ने भन्दै नगरप्रमुख सिंहले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता जनाउनु भयो ।

संघका अध्यक्ष जगदिश शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, अभिषेक सिंह, जितेन्द्र पुरुष ढकाल, श्याम कुमार पोखरेल, बद्रि केसी, रामानन्द प्रसाद कुर्मी लगायतको सहभागिता रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *