Categories समाचार स्वास्थ्य

सशस्त्र प्रहरीले आयोजना गरेको कार्यक्रममा ७ महिला सहित सय जनाले गरे रगत दान

Advertisement

वीरगन्ज । २२ औं सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा बाराको पिलुवामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पिलुवा स्थित सशस्त्र प्रहरी बल नम्बर ४० गण रिजर्भ हेड क्वार्टर गणको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७ महिला सहित १ सय जनाले रगत दान गरेका छन् ।

Advertisement

रगत दान गर्नेहरुमा संगीता अधिकारी , सन्जय भट्टराइ , अमर बहादुर खत्री,हस्त बहादुर सापकोटा,सन्जय पटेल,राम कुमार अधिकारी ,लक्ष्मी थिङ परियार, उमेश राइ,प्रेम तिमिल्सिना,कर्ण तमांग,कुमार श्रेष्ठ लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख शौरभराज पाण्डेले जानकारी दिए ।

Advertisement

सशस्त्र प्रहरी उपरिक्षक सन्जय भट्टराइको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका अधिकारीहरुको पनि उपस्थिती रहेको कुरा निरीक्षक कृष्ण पौडेलले जनाएका छन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *