Categories समाचार

व्यवसायीक कृषिका लागि तालिम, बिउ तथा बजारको प्रबन्ध महानगरले गर्छ : मेयर सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कृषकलाई सम्पन्न बनाउन व्यवसायीक कृषि खेतिलाई अगाडी बढाउनुपर्ने भन्दै त्यसका लागि महानगरले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

वीरगञ्जको वडा नम्वर ३१ र ३२ का स्थानीय कृषकले सोलकपुरमा संयुक्त रुपमा स्थापना गरेको हरियाली कृषक समूहको आइतबार उद्घाटन गर्नुहुँदै प्रमुख सिंहले यस्तो बताउनुभएको हो ।

Advertisement

‘बढी प्रतिफल प्राप्त हुने तरकारी तथा नगदे बाली व्यवसायीक रुपमा लगाउन महानगरले आवश्यक सहयोग गर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि आवश्यक तालिम, बिउ तथा बजारको प्रबन्ध महानगरले गर्छ ।’

Advertisement

उहाँले यस्ता कृषी समूह तथा सहकारीहरुले आर्थिक पारदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा वडा नम्वर ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादबले ग्रामिण क्षेत्रको रुपमा रहेको महानगरको ३१, ३२ वडामा कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिदिन माग गरेका थिए ।
३१ जना सदस्य रहेको समूहले आत्मनिर्भरका लागि समूहकै सदस्यबाट अहिलेसम्म ७ लाख रुपैयाँभन्दा बढी बचत संकलन गरेको छ ।

संकलित रकमबाट कृषि तथा पशुपालन गर्न चाहने कृषिकका लागि आवश्यक लगानी गर्दै आएको संस्थाका सचिव राजेश साह सोनारले जानकारी दिए ।

संस्थाका अध्यक्ष अब्दुल बराकत अंसारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शेष भिखारी, इमामुल अन्सारी, मैना देवी नुनियाँ, मोरियम खातुन, तमन्ना खातुन, इर्साद अंसारी, पुजा देवी राम, सावित्री कार्की, मुक्ति चौधरी लगायत स्थानीयको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *