Categories समाचार

युवायुवती झुण्डिएको अवस्थामा मृत फेला

झापा । एक जोडी युवायुवती चिया बगानमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका– ४ केचनामा रहेको एभरेस्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झपाका अनुसार चिया बगानमा करिब २५ देखिने युवक र करिब १८ वर्षकी युवती छन् । उनीहरुको पहिचान खुल्न सकेको छैन । के कारणले उनीहरु झुण्डिए भन्ने पनि खुल्न सकेको छैन ।

Advertisement

सूचना थाहा पाएलगत्तै प्रहरी घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको जनाइएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *