Categories समाचार समाज

संघीय संसद भवन अगाडि एक युवकद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

काठमाडौं । नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्ने युवा इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्य रहेका छन् ।

मंगलबार दिउँसो नयाँबानेश्वरको सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

Advertisement

संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ सवार गाडी निस्कनेबित्तिकै युवकले आत्मदाहको प्रयास गरेको पनि बताइएको छ । तर, विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

Advertisement

आत्मदाहको प्रयास गरेका उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *