Categories अर्थ समाचार

मनिट्रान्सफरको रकम लिएर फरार भएका तीन युवक पक्राउ

Advertisement

वीरगन्ज : वीरगन्जको एक मनिट्रान्सफरको रकम लिएर फरार भएका तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का २२ वर्षिय आकाश साह, २२ वर्षिय, संजय साह र २१ वर्षिय महम्मद सकिर मियाँ रहेका छन् ।

प्रहरीका अनुसार , वीरगन्ज १० स्थित माँ दुर्गे मनि ट्रान्सफर प्रालिका सञ्चालक विजय साह सर्राफले मङगलबार ४ लाख १४ हजार ८ सय रुपैया कृषि विकास बैंकमा जम्मा गराई भौचर लिएर आउन दिएको ती तीन जना युवकले बैंक उक्त रकम जम्मा नगरि फरार भएका थिए ।

Advertisement

सन्चालक सर्राफले यस बारे प्रहरीमा उजुरी दिएपछि प्रहरी निरिक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको टोलीले ती तीन जना युवकलाई वीरगन्ज १० बाटै पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए ।

Advertisement

उनिहरुको साथबाट २ लाख २३ हजार ५ सय रुपैया बरामद भएको पनि उनले बताए । पक्राउ परेका तीनै जना विरुद्ध बुधबार पर्सा जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ ( एक्सटर्सन ) सम्बन्धी कसूरमा ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको शाहले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *