वीरगन्ज : तीन दशक देखि बन्द रहेको वीरगन्जको कृषि ओैजार कारखाना मर्मतसम्भार गरि सन्चालनका लागि भइरहेको तयारी बारे पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले शुक्रबार स्थलगत निरिक्षण गरेका छन् ।
नेपाल सरकारले जीर्ण अवस्थामा पुगि सकेको कृषि ओैजार कारखाना , मर्मतसम्भार गरि एक वर्ष भित्र सन्चालन गर्ने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रलाई दिएको छ । गत ३१ भदौंको मन्त्रिपरिषदको निर्णय अनुसार गत असोज ११ गते अर्थ मन्त्रालय र महावीर पुन नेतृत्वको आविस्कार केन्द्र बिच भएको सम्झौतामा कारखाना मर्मत सम्भार गरि केन्द्रले एक वर्ष भित्र सन्चालनमा ल्याउने र १० वर्ष सम्म सन्चालनको जिम्मा केन्द्रलाई नै दिने उल्लख छ । कारखानाको मर्मतसम्भार लगायतमा लाग्ने खर्चको रकम नेपाल सरकारले उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ ।
शुक्रबार पुर्व वनमन्त्री समेत रहेका यादवले कारखानामै पुगेर कारखाना सन्चालनका लागि भइरहेको मर्मत सम्भार र तयारि बारे स्थलगत निरिक्षण गर्दै त्यस बारे केन्द्रका अध्यक्ष पुनसंग जानकारी लिएका हुन् । त्यस क्रममा अध्यक्ष पुनले अहिलेसम्म पहिलो चरणमा कारखानाको सरसफाई र त्यहा रहेका उपकरण र मेशीनहरुको जाँच गर्ने काम सिकसकेको सांसद यादवलाई जानकारी गराए । यसका साथै कारखानाको विस्तृत सर्वे गर्दा मर्मत गरेर सन्चालनमा ल्याउनका लागि तत्कालका लागि करिब २५ करोड रुपैया आवश्यक रहेको व्यवहोरा सरकारलाई बुझाइ सकेको जानकारी पनि पुनले गराए ।
अब दोश्रो चरणमा कारखाना भित्र रहेका महत्त्वपूर्ण उपकरण र मेशीनहरुको मर्मतको काम शुरु गरिने , डाईहरु छानेर हरेक ओैजारका १५÷१५ पिस नमुना बनाएर परिक्षण गर्ने पुनले बताए । नेपाल सरकारसंग माग गरिएको रकम निकासा भएर आएपछि थप काम अगाडि बढाउने योजनामा रहेको पनि अध्यक्ष पुनले सांसद यादवलाई जानकारी गराए ।
त्यसअवसरमा सांसद यादवले आफनो निर्वाचन क्षेत्रमै रहेको बन्द कारखाना सन्चालनका लागि भइरहेको प्रयास र तयारी देखेर निक्कै हर्षित भएको प्रतिकृया दिए ।उनले ३० वर्ष देखि बन्द रहेको कारखाना सन्चालनका लागि केन्द्र र त्यसका अध्यक्ष पुन सहितको टोलीले देखाएको सकृयताको मुक्तकण्ठले प्रशंसा पनि गरे ।
कारखानाको नाममा ७२ लाख रुपैया विद्युतको बक्यौता शुल्क तिर्न बाँकी रहेको अध्यक्ष पुनले जानकारी गराएपछि सांसद यादवले उक्त बक्यौता शुल्क मिनाहा गराउन आफुले पहल गर्ने आश्वासन पनि दिए । यसका साथै कारखाना पुर्णरुपमा सन्चालनमा लयाउनका लागि नेपाल सरकारसंग पहल गर्ने पनि यादवले बताए ।







