Categories समाचार

सेवाग्राहीलाई ठग्ने ८ जना बिचौलिया मालापोत कार्यालय पर्सा परिसरबाट पक्राउ

Advertisement

बीरगन्ज । मालापोत कार्यालय पर्सा परिसरबाट प्रहरी सेवाग्राहीहरुलाई ठगी गर्ने ८ जनालाई पक्राउ गरेको छ ।

सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले एक प्रेस नोट जारी गर्दै जानकारी दिएको छ ।

Advertisement

सेवाग्रहीहरुबाट पटक पटक जनगुनासो प्राप्त हुन आएको भन्दै प्रहरीले आइतवार १५ गते दिउँसो १३ः०० बजे उनीहरुलाई मालपोत कार्यालय परिसरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेहरुमा बीरगन्ज महानगरपालिका वडा नं. नं.२७ उदयपुरघुर्मी बस्ने दिपक कुमार पटेल , बीरगन्ज वडा नं.२९ अठराहा बस्ने सन्तोष कुमार राउत, पर्साको पकाहामैनपुर गा.पा.वडा नं.१ धोरे बस्ने धर्मेन्द्र कुमार सहनी, पर्सा बहुदरमाई न.पा.वडा नं.९ बस्ने हरिओम गुप्ता, पकाहामैनपुर गा.पा.वडा नं.२ बस्ने संजय चौहान, वी.म.न.पा.वडा नं.१९ बस्ने राज कुमार साह, बीरगन्ज वडा नं.२५ बस्ने सुशिल कुमार साह, बीरगन्ज वडा नं.२४ बस्ने शुभनारायण महतो कोईरी रहेका छन् ।

पक्राउ परेकाहरु उप सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *