Categories अर्थ समाचार

सरकारी निकायको २० प्रतिशत बजेट कटौती र खर्च रोक्का

Advertisement

काठमाडौं । संघीय सञ्चित कोष ९० अर्ब रुपैयाँ घाटामा रहेको भन्दै अर्थ मन्त्रालयले सबै सरकारी निकायको २० प्रतिशत बजेट कटौती र खर्च रोक्काको निर्णय गरेको छ। यसबाट चालू आर्थिक वर्ष सरकारको २४ अर्ब ५० करोड रुपैयाँ जोगिने मन्त्रालयको निष्कर्ष छ।

‘वैदेशिक ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न विनियोजन गरिएको रकम अपर्याप्त भई नेपाल सरकारले संकलन गर्ने राजस्वबाट थप विनियोजन गर्नुपर्ने भएको छ’, अन्नपूर्ण पोस्ट्लाई प्राप्त मन्त्रालयको टिपोटमा लेखिएको छ, ‘चालू शीर्षकमा विनियोजन गरिएको रकम कटौती गर्नुका साथै केही शीर्षकको रकम रोक्का राख्नुपर्ने अवस्था आएको छ।’

Advertisement

मन्त्रालयका अनुसार चालू आवको साढे ६ महिना बित्दा सरकारले आम्दानीभन्दा ९० अर्ब रुपैयाँ बढी खर्च गरेको हो। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले भने माघ १६ गतेसम्म १ खर्ब ९ अर्ब घाटा देखाउँछ। जसअनुसार खर्च ६ खर्ब २० अर्ब भएको छ। आम्दानी भने ५ खर्ब ११ अर्ब मात्रै भएको देखिन्छ।

Advertisement

‘वैदेशिक ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न विनियोजन गरिएको रकम अपर्याप्त हुन गएकाले नेपाल सरकारको स्रोतमा चाप परेको छ’, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मंगलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ,।

ऋण तिर्न सरकारले राजस्वबाट थप विनियोजन गर्नुपर्ने देखिएको छ।  सोही कारण सरकारले चालू शीर्षकमा विनियोजित बजेट कटौती गर्नुका साथै केही शीर्षकको रकम रोक्का राख्नुपर्ने अवस्था आएको प्रवक्ता काफ्लेले बताए।

यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *