वीरगन्ज । नेपाल मोबाइल व्यवसायी महासंघ बागमती प्रदेश कमिटि संयोजकको जिम्मेवारी छतेन्द्र आचार्यले पाएका छन् ।
पुष २० गते बसेको सचिवालय समितिको बैठकको निर्णय अनुसार आचार्यलाइ बागमती प्रदेश कमिटि संयोजकको जिम्मेवारी दिईएको केन्द्रीय सचिव डिल्ली बहादुर तामाङले जानकारी गराए ।
आचार्यलाई दिइएको जिम्मेवारी महासंघको बिधान, नियम, कानुनमा रहेर जिम्मेवारीपुर्वक कार्यन्वयन गर्नुहुन्छ भनी पत्रमा उल्लेख गरिएको छ ।
यही क्षेत्रमा सकृय रहेका आचार्य मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरको संस्थापक अध्यक्ष, नेपाल मोबाइल व्यवसायी संघको केन्द्रीय सदस्य समेत हुन ।
बागमती प्रदेश कमिटि संयोजकको जिम्मेवारी पाएका आचार्यले विश्वास गरि जिम्मेवारी दिएको केन्द्रीय समितिलाई धन्यवाद दिदै व्यवसायीहरुको हक हितका लागि आफू सधै अगाडि रहने प्रतिबद्धता गर्नुभयो ।







