Categories समाचार

वर्तमान सरकार संकटमा पर्छ जस्तो लाग्दैन : अध्यक्ष ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् ।

राष्ट्रपति निर्वाचन र गृह मन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताएका हुन् ।

Advertisement

विराटनगर विमानस्थलमा आज पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ आफूहरुको शासन प्रणालीमै अस्थीरता रहेको उनले बताए ।

Advertisement

त्यसैकारण प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्णकार्यकाल नचलेको उनको भनाइ छ ।

फाइल फोटो
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *