Categories समाचार समाज

मिटर ब्याजी हतियार र गोलीसहित पक्राउ

Advertisement

धनुषा । धनुषाबाट एक जना मिटर ब्याजी हतियार र गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने वर्ष ४१ का दिलीप साह छन् ।

साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरूले उजुरी दिएका थिए । साहलाई  प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

Advertisement

साहको घर तथा पसल खान तलासी गर्दा कपाली तमसुक, जग्गा धनी पुर्जा, खाली चेक लगायतका निम्न कागजातहरू तथा कटुवा पेस्तोल १ थान, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १  थान १ बरामद गरेको थियो ।

Advertisement

साहलाई पक्राउ गरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *