Categories समाचार समाज

हेल्प टुगेदर फाउण्डेशनद्वारा वीरगञ्जको आईसिपी क्षेत्रमा वृक्षरोपण

Advertisement

वीरगञ्ज ।  हेल्प टुगेदर फाउण्डेशनले वीरगञ्जको आईसिपी क्षेत्रमा वृक्षरोपण गरेको छ । आईसिपी भन्सार क्षेत्रमा फाउण्डेशनले निम लगायत विभिन्न प्रजातीका ७० वटा विरुवा रोपिएको फाउण्डेशनका अध्यक्ष रिशु कुमार वर्माले बताए ।

वर्माकै अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटा, वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ निवासी शिवशंकर द्विवेदी लगायत वडाका बुद्धिजिवी, स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो । 

Advertisement

पछिल्लो समय नासिदै गएको वन जंगलको संरक्षण एवम् संवद्र्धन गर्नुपर्ने र सबैले खाली जग्गामा विरुवा रोप्नुपर्ने सन्देश प्रवाहका लागि वृक्षरोपण गरिएको फाउण्डेशनका अध्यक्ष वर्माको भनाई छ ।

Advertisement

सो अवसरमा फाउण्डेशनका अख्लेश साह, आचल यादव, ओमी अग्रवाल, प्रिया साह, आशिष शर्मा, अवान्तिका कुमारी, पियुष अग्रवाल लगायतको सक्रिय सहभागिता रहेको थियो । 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *