Categories अर्थ समाचार

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडाैँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रूपैयाँ बढाएको हो ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाएको निगमले पेट्रोलको प्रतिलिटर १७८ र डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँ पुर्याएको छ । यसअघि पेट्रोल १७५ र डिजेल तथा मट्टितेल १७२ रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको थियो ।

Advertisement

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ १७० रूपैयाँ प्रतिलिटर र बाह्यतर्फ १.४२० डलर कायमै राखिएको छ । एलपी ग्याँस प्रतिसिलिन्डर एक हजार आठ सय नै कायम राखिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *