Categories राजनीति समाचार

द्विवेदी र गुप्ता लगायत आधा दर्जन उम्मेदवारले जनमत पार्टी रोजे

वीरगंज । जनमत पार्टी पर्साकाे आयाेजनामा मंगलबार वीरगंजमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित राेयल पार्टी प्यालेसमा भएकाे कार्यक्रममा गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचानका आधा दर्जन उम्मेदवारहरु जनमत पार्टीमा प्रबेश गरेका छन् ।

पार्टीका केन्द्रिय अध्यक्ष सिके राउतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा ठाकुर राम बहुमुखी क्याम्पसका निवर्तमान सभापति मुकेश द्विवेदी, रेडियाे सम्रग मधेशका संचालक श्याम गुप्ता लगायतले पार्टी प्रबेश गरेकाे जनमत पार्टी पर्साका प्रवक्ता सिए अजय चाैरसियाले जानकारी दिए ।

Advertisement

नव प्रबेशीहरुलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष सिके राउतले पार्टीकाे सदस्यता प्रदान गरी पार्टीमा प्रबेश गराएका थिए ।

Advertisement

जनमत पार्टीमा प्रबेश गरेका द्विवेदी गत प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा पर्सा क्षेत्र नं. २ काे (२) बाट स्वतन्त्र प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए । त्यस अघि जनता समाजवादी पार्टीमा रहेका उनले साेही क्षेत्रबाट प्रदेश सभा टिकट माग्दा पार्टीले नदिएपछि स्वतन्त्र उम्मेदवार भएका थिए ।

यसैगरी जनमत पार्टीमा प्रबेश गरेका गुप्ता समेत पर्सा क्षेत्र नं. १ काे (२) बाट स्वतन्त्र प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए । 

जनमत पार्टीका पर्सा इन्चार्ज श्याम शंकर चाैरसियाकाे अध्यक्षतामा भएकाे पार्टी प्रबेश कार्यक्रममा पूर्व जिल्ला इन्चार्ज सुजित चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *