Categories राजनीति समाचार

प्रधानमन्त्री प्रचण्ड कांग्रेसतिर ढल्किँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत पाएपछि कांग्रेसतिर ढल्किइरहेका छन्।

कांग्रेसले विश्वासको मत दिएपछि ओलीले भनेका थिए, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन। मैले त्यति बेलै भनेको थिएँ मतदान मात्रै गरेको भए त ठीकै हो। ढोक्सा थापेको हो भने गल्ती हो। ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा पार्न खोजिन्छ।’

Advertisement

ओलीले थप भनेका थिए, ‘बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फक्र्यो। सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने कांग्रेसको रणनीति देखिन्छ।’

Advertisement

यो प्रत्यन्त कांग्रेसले गरिरहेको देखिन्छ। उसले प्रदेशमा पनि माओवादीका मुख्यमन्त्री, सभामुखलाई मत दिएको छ।

राष्ट्रियसभा उपाध्यक्षमा पनि माओवादी उम्मेदवार उर्मिला अर्याललाई निर्विरोध जिताएको छ।

अन्नपूर्ण पोष्टका अनुसार कांग्रेस माओवादीलाई फकाएर पुरानो गठबन्धन पुन व्युत्याउन चाहन्छ।

कांग्रेस र माओवादी सम्बन्ध कतातिर जाने भन्ने विषयको निक्यौलल राष्ट्रपति निर्वाचन गर्ने देखिन्छ।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *