वीरगञ्ज । उपकार सेवा नेपालले आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिएको छ । पछिल्लो समय आवस्यकता अनुसार कम्बल, पंखा, व्हिलचेयर, लगायत विभिन्न सामानहरु उपलब्ध गराउदै आएको संस्थाले आज आश्रमलाई सहयोग गरेको छ ।
पर्सा जिल्लाको ठोरी गाउपालिका वडा नम्बर १ भगवान नगर स्थित बृद्ध आश्रममा आज ( शनिबार ) नेपालले एक कार्यक्रमको आयोजना गरि आश्रममा आश्रीतहरुका लागि विभिन्न सामाग्री सहयोग गरिएको समाजिक अभियन्ता प्रकाश थारुले बताए ।
फाइबरको सिरक २५ थान, दाल, चमल, लटकपड़ा, सर्फ, साबुन, नून, तेल, टूथ ब्रस, टूथ पेस्ट, बिस्कुट, सेव लगायत खाद्यान्न सामाग्री आश्रमका संयोजक आश बहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो ।
सामाजिक कार्यमा सक्रिय रहेका काठमाडौं निवासी राजु गाडियाले उपकार सेवा नेपाललाई २० थान सिरक उपलब्ध गराएका थिए । संस्थाका सदस्य महेश बागेडियाको नेतृत्वमा सामाग्री वितरण गरिएको हो ।
मानवीय कार्यमा उल्लेखनीय सहभागीता र सहयोग गर्ने उपकार सेवा नेपाल परिवार र संस्था कि अध्यक्ष विधा सरावगीलाई धन्यवाद दिदै आउने दिनमा पनि सहयोगको अपेक्षा रहेको आश्रमका संयोजक गुरुङले बताए ।



