Categories समाचार

गोतामे स्वर्णपदक पत्रकारिता पुरस्कार मनिका झालाई प्रदान गरियो

Advertisement

वीरगन्ज । स्वर्गीय गोपालचन्द्र गोतामे स्वर्णपदक पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्टकी मधेस प्रदेश ब्यूरो प्रमुख मनिका झालाई प्रदान गरिएको छ।

वीरगन्जमा मंगलबार पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाकि अध्यक्ष समेत रहेकी झालाई एक तोला सुन सहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।

Advertisement

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , स्वर्गीय पत्रकार गोपालचन्द्र गौतमकी पत्नि सुधा गौतम र पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गोतामे झालाई पत्रकारिता स्वर्ण पदक प्रदान गरे ।

Advertisement

वीरगन्जका पत्रकार स्वर्गीय गौतमको स्मृतिमा १३ वर्ष पहिले स्थापित स्वर्गीय गोपालचन्द्र गौतम प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अनुरूप अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष छनौट गरी एक तोला सुनको तक्मा पुरस्कार रूपमा प्रदान गर्दै आएको छ।

यसअघि यो पुरस्कारबाट देशका विभिन्न जिल्लाका ११ जना पत्रकार पुरस्कृत भइसकेका छन् । यो पुरस्कार अघिल्लो वर्ष सप्तरीका पत्रकार बैजनाथ झाले पाएका थिए।

प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्जका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ पत्रकार चन्द्र किशोर , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता , प्रतिष्ठानका कोषाध्यक्ष शत्रधुन नेपाल , स्वर्गीय पत्रकार गौतमका सुपुत्र हिमालचन्द्र गौतम , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतको पनि सहभागिता थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *