Categories समाचार

रोकथाम, अवरोध, फिर्ती, पुनमिलन, पुन: एकीकरण र परामर्श सम्वन्धि तालिम सम्पन्न ।

Advertisement

बिरगंज । मानव बेचबिखन तथा बाल श्रम रोकथाम सम्वन्धि रोकथाम, अवरोध, फिर्ती, पुनमिलन, पुन: एकीकरण र परामर्श सम्वन्धि दुई दिने तालिम बिरगंजमा सम्पन्न भएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा एटविन÷संरक्षण नेपालको आयोजनामा संचालित बाल श्रमशोषण रोकथाम स्थानागमन तथा बेचबिखन बिरुद्ध क्षमता तथा निगरानी सुढद्धीकरण कार्यक्रम अन्तर्गत उक्त तालिम मंगलबार सम्पन्न भएको हो ।

Advertisement

उक्त सम्पन्न तालिममा मौलिक अधिकार, मानव अधिकार, मानव बेचबिखन, महिला अधिकार, बाल अधिकार तथा बाल श्रमशोषण बिरुद्घका सवालहरुमा सहजकर्ता एटवीनका कार्यकारी निर्देशन बेनुमाया गुरुङ्ग, अधिवक्ता कमलराज पोखरेल, संरक्षण नेपालका पारस जयसवाल र लालबाबु कुशवाहा लगायतकाले सहजिकरण गरिएको थियो ।

Advertisement

तालिम आयोजक संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाको अध्यक्षतामा सम्पन्न तालिमका सहभागिहरुलाई संरक्षण नेपालका उपाध्यक्ष बबिता जयसवाल, एटवीनका उपाध्यक्ष तारा भण्डारी लगायतकाले सहभागीहरुलाई प्रमाण पत्र बितरण गरिएको थिए ।  

तालिममा बारा, पर्सा, रौतहट र सर्लाहीका बिभिन्न संघ संस्था तथा निगरानी समुहका सदस्यहरुको सहभागीता रहेका संरक्षण नेपालको कार्यक्रम अधिकृत मुकेश कुशवाहाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *