Categories खेलकुद समाचार

खो खो मा वीरगञ्ज महानगरको विजयी सुरुवात

वीरगञ्ज । भक्तपुरमा जारी अन्तर नगर पुरुष खो खो प्रतियोगितामा वीरगञ्ज महानगरपालिकाले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन शनिबार बिहान भएको खेलमा बनेपा नगरपालिकालाई हराउँदै वीरगञ्ज महानगरले विजयी सुरुवात गरेको हो ।

Advertisement

वीरगञ्ज महानगरले बनेपालाई २३-४ को सोझो सेटमा हराउँदै जित हात पारेको वीरगञ्ज महानगर टिमका  लिडर अमित अग्रवालले जानकारी दिए ।

Advertisement

विजयी सुरुवात गरेको वीरगञ्ज महानगरले आजै दिउँसो भक्तपुर नगरपालिका ‘वी’ सँग प्रतिष्पर्धा गर्दै छ ।

भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि जारी प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिम प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *