Rato Pana
समाचार

बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा म.शेरे मुस्तुफा कार्यभार सम्हाल्दै

रामजी यादव

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका कार्यपालिकाको कार्यालय डोकैला बहुअरीमा प्रमुख प्रशासकीय अधिकृत पदमा म.शेरे मुस्तुफा सोमबारदेखि कार्यभार सम्हालेका छन् ।

बहुदरमाई नगरपालिकाका नगर-प्रमुख सिगांसन साह तेली र उप-प्रमुख सुस्मा कुश्वाहाले प्रमुख प्रशासकीय अधिकृत म.शेरे मुस्तुफालाई टिका तथा गम्छा ओढाई स्वागत गर्नु भएको थियो । बहुदरमाई नगरपालिकाका नगरप्रमुख तेली र उप-प्रमुख कुशवाहाले प्रशासकीय अधिकृतले पालिका र सेवाग्राहीको भावनाको कदर गर्दै इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो ।

नगरपालिकाको सभाहलमा भएको परिचात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाले हामी सम्पूर्ण कर्मचारी एक परिवार भएकोले आ-आफ्नो जिम्मेवारी ईमान्दारिताका साथ बहन गरि अगाडी बढन अपील गर्नु भयो।

प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाले बहुदरमाई नगरपालिका अन्तर्गतका जनताको समस्यालाई मध्यनजर गरि समयमा छिटो र छरितो सेवा उपलब्ध गर्न र गराउन मातहतका कर्मचारीलाई निर्देशन दिनु भयो।

नगरपालिकामा भएको कमी-कमजोरीलाई सुधार गरि कार्यबिधी बाताबरण लाई अझ सुदृढ गरि लैजाने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत म.शेरे मुस्तुफा ले बहुदरमाई नगरपालिका को कर्मचारी, जनता र जनप्रतिनीहरुको सर सल्लाह र सहयोगले बिकास तर्फ अगाडी बढने बिश्वास ब्यक्त गर्नु भयो।

सम्वन्धित समाचार

Leave a Comment