Rato Pana
समाचार

वीरगन्ज : जथाभावी फोहोर गर्ने र फल्नेसंग जरिवाना बापत रु १ लाख ५८ हजार संकलन

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी फोहोर गर्ने र फल्नेलाई कारबाही गरेको जरिवाना बापत उनिहरुबाट अहिले सम्म १ लाख ५८ हजार रुपैयाँ संकलन गरेको छ । महानगरले पुस १७ देखि सडकमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको हो ।

अहिले सम्म विभिन्न व्याक्ति , कार्यालय र संस्था गरि ५ दर्जन भन्दा बढिलाई काराबाही गरि जरिवाना नै तिराइएको महानगरपालिकाका सरसफाइ महाशाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए । उनका अनुसार , घर वा कार्यालय भित्रको फोहोर सडक वा सडकपेटीमा फाल्नेलाई ५ हजार देखि ११ हजार रुपैया सम्म जरिवाना गरिएको छ । कारबाहीमा परिसकेकाहरुले अटेरी गरि फेरि सडकमा फोहोर फालेमा २ लाख रुपैया सम्म जरिवाना गर्ने योजना रहेको पनि उनले सुनाए ।

सडकमा फोहोर फालेको कसुरमा कारबाहीमा पर्नेमा बैंक तथा वित्तीय संस्था, संघसंस्था, पसल तथा व्यापारिक प्रतिष्ठान, पार्टी प्यालेस र घरधनी समेत रहेका छन्।

सरसफाइ महाशाखाका प्रमुख मियाँका अनुसार , कार्यालय तथा व्यापारिक प्रतिष्ठानले बिहान ९ देखि १० बजेसम्म आ–आफ्नो कार्यालयबाट निस्कने फोहोर मुख्य सडकमै ल्याएर फाल्ने गर्थे । त्यसका कारण महानगरले सबै वडा तथा क्षेत्रमा बिहानर , अपरान्ह र साँझ गरि दिनको तीन पटक फोहोर संकलन गर्ने निश्चित समय निर्धारण गरेको छ ।

उक्त समयमा महानगरको ट्याक्टर साइरन बजाउदै हिड्ने गरेको छ भने साना तथा साँघुरा गल्लीहरुमा बिहानको समयमा फोहोर संकलन गर्ने ठेला महानगरले पठाउने गरेको छ ।

वीरगन्ज महानगरका मेयर राजेशमाान सिंहले सहरलाई सफा , स्वच्छ र सुन्दर बनाउने अभियान नै महानगरपाालिकाले थालेकाले यो अभियानलाई सफल बनाउने दायित्व हरेक नगरवासीको भएको बताए ।

आफनो घरआँगन , सडक र टोल सफा र स्वच्छ राख्नु पर्ने चेतना नगरवासीमा नभइसकेको देख्दा दुःख लागेको भन्दै उनले महानगरले कसैलाई दुःख दिनका लागि नभइ सहरलाई स्वच्छ र सफा बनाउन कारबाहीको अभियान चलाउनु पर्ने बाध्यता भएको बताए ।

अब मेनरोड मात्र नभइ सहरका साना टोल र गल्लीहरुमा पनि सडकमा फोहोर फाल्नेहरुलाई पनि आर्थिक जरिवाना सहितको कारबाही गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । मधेसखबरबाट साभार

सम्वन्धित समाचार

Leave a Comment