Categories समाचार

बढुवाको लाइनमा रहेका डिआईजी सिंहले दिए राजीनामा

Advertisement

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन्। जन्ममिति विवादमा परेका उनले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ ।

हाल डीआईजी सिंह सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका छन् । डीआईजी सिंहको प्रहरी सिटरोलमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ भ। तर, नागरिकताअनुसार उनको उमेर वि.सं. २०२४ हुनुपर्ने हो । तर, नागरिकता र प्रहरी सिटरोलमा उनको उमेर फरक–फरक भेटिएको छ ।

Advertisement

डीआईजी सिंहको उमेरविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनीमाथि छानबिन भइरहेको थियो । डिआईजी सिंह २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए। उमेर सच्याएर प्रहरीमा भर्ना भएको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

Advertisement

यसरी उमेर विवाद भएपछि एआइजीको बढुवाको लाइनमा रहेका डिआईजी सिंहले बाध्य भइ राजीनामा दिनुपरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *