वीरगन्ज । वीरगन्जको केन्द्रमा रहेको घण्टाघर नजिक सञ्चालन हुदै आएको मधुशाला खाजा घर अब रानीसती मन्दिर अगाडि सञ्चालन हुने भएको छ ।
कोरोनाकालको विकट परिस्थितिमा बन्द भएको मधुशाला पुनः शुभचिन्तकको मांग र ग्राहकको चाहना अनुसार नंया तरिकाले सेवा सञ्चालन गरिएको सञ्चालक राजन श्रीवास्तवले बताए ।
आज एक कार्यक्रम बिच सनातन परम्परा अनुसार पुजापाठ गरि शुरुआत गरिएको मधुशालाले अब रेस्टुरेन्ट एण्ड बारको सुबिधा समेत उपलब्ध गराएको छ ।
रानीसती मन्दिरको सामुन्ने रहेको होटल ओम रेसिडेन्सी को भवनमा सञ्चालनमा आएको मधुशालाले पुरानो ठाउँ जस्तै आफ्नो स्वाद र परिकारले नंया ठाउँमा पनि ग्राहकवर्गको मन जितनेछ भनि आफु विश्वस्त रहेको सञ्चालक श्रीवास्तवले थपे ।
देशमै बसेर केहि गर्छु भन्ने अठोट लिएका युवाजमातलाइ चौतर्फी सहयोग आवस्यक रहेको र यस्ता युवाहरुका लागि देशमै व्यवसाय गर्ने बातावरण सृजना भयो भने खाडी मुलुकमा श्रम बेच्ने समस्याको अन्त हुने ग्राहकको रुपमा सहभागी भएका युवा नेता तथा समाजसेवी अरबिन्द सिंहले बताए ।







