Categories शिक्षा समाचार

माउंट स्टार मा.विको २३ औ वार्षिक उत्सव सम्पन्न

वीरगन्ज । माउंट स्टार मा.विको २३ औ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

आज (शनिवार) वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया स्थित माउंट स्टार माध्यमिक विद्यालयको २३ औ वार्षिक उत्सव होटल बाबामा सांस्कृतिक कार्यक्रम सहित विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ ।

Advertisement

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा दर्शाएका थिए भने वार्षिक स्पोर्ट्सका विजेताहरुलाई मेडल तथा सर्टिफिकेट पनि वितरण गरिएको थियो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार र विशिष्ट अतिथि समाजवादी विद्यार्थी युनियनका नेता तथा ठाकुरराम बहुमुखि क्याम्पसका स्वयु सभापति उम्मेदवार मो. सगीर अली रहेका थिए।

विधालयले २३ वर्ष पुरा गरेकोमा बधाई दिदै प्रगति उन्नतिको कामना संगै विद्यार्थीलाई अनुशासित र आज्ञाकारी हुन वक्ताहरुले सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *