Categories समाचार

होलि पर्वलाई लक्षित गरि वीरगन्ज महानगरले बजार अनुमगनलाई अझ तिब्रता दिने

विरगन्ज । होलि पर्वको पुर्वसन्ध्यामा विरगन्ज महानगर पालिकाले बजार अनुगमनलाई अझ तिब्रता दिने निर्णय गरेको छ ।

बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक तथा वीरगन्ज महानगर पालिकाका उप-प्रमुख इम्तियाज आलम को संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

बैठकमा अहिले भइरहेको बजार अनुगमनलाई अझ बढी तिब्रता दिदै खाद्यान्न पसलहरु,होटलहरुमा सुक्षम तरिकाले अनुगमन गर्दै म्याद गुज्रिएका र कमअसल सामान भेटिए सम्बन्धित होटल,पसललाई कडा कारबाहीको दायरामा ल्याउनुका साथै अधिकत्म जरिवाना गर्ने निर्णय गरिएको छ ।

Advertisement

सो बैठकमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विदुर प्रसाद सिवाकोटी, वीरगन्जका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुर,शाखा प्रमुख विपिन लाल कर्ण, कर्मचारी नेहा मिश्रा लगायत सरोकारवाला संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको उप- प्रमुखका स्वकीय सचिव शेष हजराले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *