Categories समाचार

बलात्कारको अभियोगमा एक वर्षदेखि कारागारमा रहेका अभिनेता शाह छुटे

काठमाडौँ । नाबालिका बलात्कारको मुद्दामा एक वर्षदेखि तनहुँ कारागारबाट पल शाह छुटेका छन् । आइतबार उच्च अदालत पोखराले उनलाई सफाई दिएपछि आज सोमबार आवश्यक प्रक्रिया मिलाएर कारागारबाट रिहा भएका हुनु ।

आइतबारै रिहा हुनुपर्नेमा प्रक्रिया मिलाउन समय अपुग भएकाले कारागार कार्यालयले उनलाई आज रिहा गरेको हो । उनी रिहा हुन लागेको खबर थाहा पाएर शुभेच्छुक तथा प्रशंसकहरुको तनहुँ कारागार परिसरमा भीड लागेको थियो । अभिनेता समेत रहेका शाह रिहालगत्तै काठमाडौँ आउने बताइएको छ ।

Advertisement

गत सालको फागुन ११ गते एक १७ वर्षे नाबालिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा आफूमाथि जबरजस्ती करणी भएको भन्दै शाहविरुद्ध उजुरी दिएकी थिइन् । साथै ती बालिकाले सोही फागुन १५ गते नवलपुर प्रहरीमा समेत उजुरी दिएकी थिइन् । शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । साेही फागुन १५ गते शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

Advertisement

त्यसकाे करिक एक वर्षअघि अर्थात् २०७७ चैत ७ मा गैंडाकोटमा एउटा गीतको सुटिङका क्रममा ती नाबालिकाले आफूमाथि शाहले जबर्जस्ती करणी गरेको आराेप लगाएकी थिइन् । प्रहरीमा एउटा बयान दिएकी बालिका र उनका अभिभावकले अदालतमा भने बयान फेरेपछि अभियाेग दाबी नपुगेकाे भन्दै शाहले सफाइ पाएका हुन् ।

जिल्ला अदालत तनहुँले यसअघि नै उनलाई सफाइ दिइसकेको भएपनि उच्च अदालत पोखरामा समेत मुद्दा विचाराधीन रहेकाले शाह कारागारमै बन्दी जीवन बिताइरहेका थिए । आइतबारको फैसलाबाट उनले पूर्ण सफाई पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *