रामजी यादव
पर्सा । बीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहामा छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय ड्राइपोर्टको आयोजनामा १२ औ ग्राहक /सदस्य गुनासो सुनुवाई ईकाई भेला कार्यक्रम सम्पन्न भएको छ।
छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेड ड्राइपोर्टले एक महानगरपालिका, एक नगरपालिका र तिन गाउँपालिकामा कार्य बिस्तार गरेको छ । छिमेक लघुवित्त बित्तिय संस्था लिमिटेड ड्राइपोर्टमा ३५करोड ४५लाख ९४हजार १सय १७ रुपैया लगानी रहेको छ भन्ने बचतमा २९करोड ५७लाख ९सय १८रुपैया रहेको मधेश प्रदेशको क्षेत्रिय प्रबन्धक लालबहादुर यादवले बताउनु भयो।
छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेड ड्राइपोर्टले छात्रावृत्तिमा बर्षको २४ हजार र सुत्केरीमा प्रत्येकको २ हजारको दरले सेवा सुबिधा दिदै आइरहेको छ साथै शिपमुलक तालिम,आधारभुत तालिम तथा बिमा सम्बन्धी ब्यबस्था गरी सेवा दिदै आएको छ।
छिमेक लघुवित्त बित्तिय संस्था लिमिटेड ड्राइपोर्टले महानगरपालिका, नगरपालिका र गाउँ पालिकामा कर्जाको लगानी र बचत गराई आफ्नो ग्राहकहरुलाई बिभिन्न किस्ताको सेवा सुबिधा उपलब्ध गराउदै आइरहेको केन्द्रीय कार्यालय प्रशासन तथा कानुन बिभागका उत्सव राज जोशीले जानकारी दिनु भयो।
छिमेक लघुवित्त बित्तिय संस्था लिमिटेड ड्राइपोर्टको आयोजनामा भएको १२ औ ग्राहक /सदस्य गुनासो सुनुवाई (ईकाई भेला) कार्यक्रममा बिभिन्न कर्मचारी बक्ताहरुले बिभिन्न सेवा र सुविधाको बारेमा आफ्नो ग्राहक बर्गलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अनुगमन प्रमुख कृष्णाबन अभयशर्मा,बिनोद साह,संजय कुमार महतो,रुबी मेहता,बिश्वलाल बोट,जानकी स्वर्ण मण्डल,दिनेश साह कानु,सहयोगी सदस्य रिंकु ठाकुर लोहार,जयलाल प्र.कुर्मी, बिरेन्द्र पटेल,रिता चौधरी लगायत ईकाई सदस्यहरुको सहभागिता रहेको थियो।








