Categories समाचार

रास्वपाले चुनाव चिन्ह परिवर्तन गर्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव चिन्ह परिवर्तन गरेको छ ।

मतदान गर्न सहज होस र मतदाता नझुक्किउन भन्ने उदेश्यले चुनाव चिन्ह परिवर्तन गरिएको रास्वपाले जनाएको छ ।

Advertisement

यो सँगै अब रास्वपाको चुनाव चिन्ह घण्टी मात्रै भएको छ । यसअघि गोलाकार भित्रको घण्टी थियो ।

Advertisement

रास्वपाको घण्टी चिन्हलाई निर्वाचन आयोगले मान्यता पनि दिएको छ । यसअघि घण्टी मात्रै चुनाव चिन्हको पार्टी पनि भएको तर हाल उक्त चुनाव चिन्ह भएको पार्टी खारेज भइसकेकोले उक्त चिन्हलाई आयोगले मान्यता दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *