Categories समाचार

दुई वर्षदेखि फरार रहेका एक जनालाई वडा प्रहरी श्रीपुरले गर्यो पक्राउ

वीरगन्ज । अपहरण तथा शरीर बन्धक/ जबरजस्ती चोरी मुद्दामा सजाय पाएका एक जना दुई वर्षपछि पक्राउ परेका छन् । सजायवाप्त गरिएको जरिवाना तिर्न नसकेपछि उनलाई कारागार पठाइएको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ बस्ने भिखारी महतोका छोरा ४० वर्षका नागेन्द्र प्रसाद महतो रहेका छन् ।

Advertisement

उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगन्जले ०७७ सालको असार १९ गते मुलुकी ऐन चोरी महलको २४ नम्बर बमोजिम महतोलाई १७ लाख ८३ हजार २ सय ४३ रुपैया जरिवाना गरेको थियो ।

Advertisement

वडा प्रहरी कार्यालय श्रीपुरले फरार रहदै आएका महतोलाई गत सोमबार पक्राउ गरेको प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी गराए ।

पक्राउ परेका महतोलाई जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतले गरेको जरिवाना तिर्न नसकेपछि १० वर्ष कैदमा राखि जरिवाना असुल उपर गराउन अदालतले दिएको आदेश अनुसार   महतोलाई कारागार पठाइएको प्रहरीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *