Categories समाचार

स्ववियू निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दल दर्ता गराउँदै

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुने  हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँदैछन् । 

स्ववियू निर्वाचनमा सहभागी हुन् चाहने विद्यार्थी सङ्गठनहरुले आज बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म ठाकुरराम बहुमुखी क्याम्पसमा आ–आफ्नो सङ्गठन दर्ता गराउनु पर्ने हुन्छ । यो खबर तयार गरिरहदा १५ संगठनले दल दर्ता गराइसकेको क्याम्पसले जनाएको छ ।

Advertisement

ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेशकुमार चौरसियाका अनुसार आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए । 

Advertisement

यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । 

यस्तै स्ववियू निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *