Categories समाचार समाज स्वास्थ्य

जन सेवा परिवारले मोतिया बिन्दू भएका चार जनाको गरायो निःशुल्क शल्यकृया

वीरगन्ज । सामाजिक संस्था जन सेवा परिवार वीरगन्जले मोतिया बिन्दू भएका चार जना विपन्नको आँखाको निःशुल्क शल्यकृया गराइ दिएको छ ।वीरगन्ज स्थित दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरमा उनिहरुको निःशुल्क शल्यकृया गरिएको हो ।

परोपकारी एंव सामाजिक कार्यका लागि हालै स्थापना भएको जन सेवा परिवारले आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गरि आँखामा मोतिया बिन्दूको समस्या भए सम्पर्क गर्न आग्रह गरेको थियो ।

Advertisement

८ जना सम्पर्कमा आएको भभएपनि चार जनाको स्वास्थ्यमा अन्य समस्याका कारण तत्काल शल्यकृया गर्न सक्ने अवस्था नभएकाले हालका लागि चार जनाको मात्र शल्यकृया गराइएकोे जन सेवा परिवार वीरगन्जका संयोजक बृजेश्वर प्रसाद चौधरीले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *