Categories समाचार

सडक मानवसँग मोटरसाइकल ठोक्किदा चालक सहित दुई जनाको मृत्यु

वीरगञ्ज ।  धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव (पुरुष) को मृत्यु भएको हो । 

Advertisement

सोमबार राति करिब ११ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत  बर्दिबासतर्फबाट धनुषाको मिथिला नगरपालिका–१० लालगढतर्फ जाँँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्बरको मोटरसाइकल सडक मानवसँग ठोक्किएको थियो ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका अपरिचित सडक मानवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक महतोको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मंगलबार बिहान ढल्केबर बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका वरिष्ट सइ ईश्वर विक्रम साहले जानकारी दिए ।

सांकेतिक तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *