Categories समाचार

उडिरहेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि आकस्मिक अवतरण

Advertisement

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेको छ । काठमाडाैँबाट उडेको केही छिनमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गराइको छ । तुरून्तै अवतरण गराइएकाेले जहाजका चालक दल र यात्रुहरू सुरक्षित रहेकाे जनाइएकाे छ ।

श्री एयरको उडान नं ८२१ को जहाज काठमाडौँबाड उडेको केही छिनमै काठमाडौँ फिर्ता भएको छ । इन्जिनमा आगो लागेको देखिएपछि चालक दलका सदस्यहरुले त्रिभुवन विमानस्थलको टावरलाई जानकारी दिएका थिए । धादिङमाथिको आकाशमा पुगेपछि जहाज काठमाडौँमै फिर्ता भएको हाे ।

Advertisement

उडेको करिब २० मिनेटमा नै जहाज काठमाडौं फर्काइएको हाे । अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा केहीबेर अन्य उडान समेत प्रभावित भएका थिए ।

Advertisement
फाइल फोटो
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *