Categories शिक्षा समाचार

मतदाता नामावलीको विषयमा विवाद हुदा ठाकुरराम क्याम्पसमा आगजनी

Advertisement

वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीले शुक्रबार आगजनी गरेका छन्। स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीले शुक्रबार विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन्।

मतदाता नामावलीको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थीलगायतका नेताहरु क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवाद गरिरहेका बेला केहि विद्यार्थीले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगो लगाइएका हुन्।

Advertisement

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २३२ नामावलीमध्ये ८ सय फर्जि मतदाता रहेको विद्यार्थीले आरोप लगाएपछि क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद भएको थियो। विवाद चलिरहेको समयमा विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसियालाई समक्ष राजीनामा पत्र बुझाएका छन्। 

Advertisement

आगलागिबाट फर्निचर जलेका छन्। आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले विद्यार्थी नेता सुजित गिरीसहित २ जनालाई नियन्त्रणमा लिएको छ। क्याम्पसमा तनाव सिर्जना भएपछि डीएसपी दिपक गिरीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ। साभार अन्नपूर्ण पोस्ट

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *