अन्जु कुमारी
पर्सा । वीरगंज महनगरपालिका अन्तर्गतका सबै वडाका स्वास्थ्यकर्मीहरुका लागि तीन दिने अभिमुखीकरण कार्यक्रम संचालन भएको छ ।
वीरगंज महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका जन स्वास्थ्य निरिक्षक जहिर आलमकाे संयोजकत्वमा वीरगंज महानगरका ३२ वटै वडाका ३२ जना स्वास्थ्यकर्मी र २ जना स्कुल हेल्थ नर्स गरी ३४ जनाकाे सहभागीतामा स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरीएको हो ।
वीरगंज महानगरपालिका जन स्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा संचालन गरीएको अभिमुखीकरण कार्यक्रममा आँखा , नाक ,कान , घाटी तथा मुखको स्वास्थ्य समस्या बारे तीन जना विशेषज्ञ चिकित्सकले प्रशिक्षण प्रदान गरीरहेका छन् ।
सहभागी स्वास्थ्यकर्मी तथा नर्सहरुलाई मुखको समस्याबारे डाक्टर सोनी झा , नाक, कान तथा घाटीको समस्याबारे डाक्टर आमोद श्रेष्ठ र आँखा सम्बन्धि समस्या बारे डाक्टर अनिशा महतोले प्रशिक्षण दिईरहनुभएको छ ।
वीरगंज महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख रितेश जयसवालको अध्यक्षतामा कार्यक्रम संचालन गरीएको हो ।



