Categories समाचार

वीरगन्ज : लागु औषध गाँजासहित ४ जना पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जबाट लागु औषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगन्ज महानगरपालिका-३२ बस्ने रामतुल्लहा मिया,चितवन राप्ती नगरपालिका-१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा र राम बिलास पुजालाई गाँजा सहित पक्राउ गरेको हो ।

Advertisement

उनीहरुलाई बिहीबार बिहान ५ बजे २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Advertisement

उनीहरु जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३०८ नम्बरको अटोमा सवार थिए । मिया अटो चालक हुन् ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सांकेतिक तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *