Categories खेलकुद समाचार

वीरगञ्जका २ खेलाडीलाई मेयर सिंहले गरे मोटरसाइकल पुरस्कारको घोषणा

वीरगञ्ज । विश्वकप क्रिकेटमा देशलाई क्वालिफायर छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वीरगञ्जका २ जनालाई खेलाडीलाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पुरस्कारको घोषणा गर्नु भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै दुबैलाई पुरस्कार स्वरुप एक एक थान मोटरसाईकल प्रदान गर्ने बताउनुभएको हो ।

Advertisement

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिनुहुँदै महानगर प्रमुख सिंहले प्रतियोगितामा सहभागि वीरगञ्जका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगञ्जकै लागि गौरबको विषय भएको पनि बताउनुभयो ।

Advertisement

उहाँले राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरुले वीरगञ्जका उर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको बताउनुभयो ।

‘खुशी र गौरवको यस क्षणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला बढाउन महानगरपालिकाको तर्फबाट यामाहा एफ जेड एफ वन
मोटरसाईकल एक÷एक थान प्रदान गर्ने घोषणा गर्छु ।’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *