Categories समाचार

नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

Advertisement

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

Advertisement

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

Advertisement

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *