Categories समाचार

नेपाल चिकित्सक श्रीमति संघको आयोजनामा २५ जनाद्वारा रगतदान

वीरगन्ज । नेपाल चिकित्सक श्रीमति संघ पर्साको आयोजनामा मंगलबार वीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्जको छपकैया स्थित रक्त सन्चार केन्द्र वीरगन्जकै परिसरमा आयोजित रक्तदान कार्यक्रममा १ जना महिला सहित २५ जनाले रगतदान गरेका छन् ।

Advertisement

रगतदान गर्नेहरुमा रोशनी साह, साबीर अन्सारी , बाबुनन्द प्रसाद, दिदपक सर्राफ , रामकृष्ण पराजुली , डाक्टर सरोज रोशन दास लगायतका रहेका छन् ।

Advertisement

चिकित्सक श्रीमति संघ पर्साकी अध्यक्ष निता झाकको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममै चिकित्सक श्रीमति संघ पर्साले रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेलाई सम्मानित पनि गरेको थियो ।

रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले पनि सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *