Categories समाचार

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न सकिने जनाएको छ ।

विभिन्न कारणले रिक्त रहेको क्षेत्रहरुमा उपनिर्वाचन गर्नका लागि आयोगले आजबाट चैत १२ गतेसम्म दल दर्ताका लागि समय उपलब्ध गराएको हो ।

Advertisement

यतिबेला चितवन–२, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यहरुको पद रिक्त छ ।

Advertisement

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र – २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी देखिएपछि उक्त पद रिक्त थियो ।

त्यस्तै तनहुँ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उपनिर्वाचन हुन लागेको हो ।

विद्यमान कानूनअनुसार सभाको रिक्त रहेको सदस्यका लागि उपनिर्वाचन हुने र निर्वाचनको मिति आयोगले तोक्ने व्यवस्था छ ।

सोबमोजिम आयोगको चैत ६ गतेको बैठकले ती क्षेत्रमा उपनिर्वाचनको मिति निर्धारण गरेको थियो ।

आयोगले यस अघि चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने गरी राजनीतिक दल दर्ताको कार्य सकाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *