वीरगन्ज । पर्साको पोखरिया नगरपालिका ५ सतवरिया मा आज बिहान स्थानीय संकर प्रसाद रौनियार को घर मा चितूवा पसेको छ। स्थानियहरुले देखे पछि होहल्ला गर्दै धपाउने प्रयास गरेका थिए ।
सो चितुवा ले पोखरिया नगरपालिका ४ बसने वर्ष ३० को दिलमहमद मिया ,३९ वर्षीय जोगिंद्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरिया मा कार्यरत प्रहरी जवान सुचिंद्र प्रसाद यादव लाई घाइते बनायकों हो ।
तेली र प्रहरी जवान को हात र हात को औलामा चोट लागेको छ भने मिया को छाती हाथ तथा टाउको मा गहिरो चोट लागेको ले मिया लाई पोखरिया अस्पताल मा प्राथमिक उपचार गरी थप उपचार को लागी नारायणी उपक्षेत्रीय अस्पताल बीरगंज मा पठाइएको छ ।
चितूवा लाई नियंत्रण मा लीन तथा सुरक्षा को लागी इलाका प्रहरी कार्यालय पोखरिया को प्रहरी निरीक्षक मोहन बिक्रम के सी को टोली, शस्त्र प्रहरी बल पोखरिया को प्रहरी निरीक्षक हरिकृष्ण खड़का , जिल्ला बन कार्यालय पर्सा को टोली ,पोखरिया नगरपालिका को मेयर प्रद्युमन प्रसाद चौहान ,पुर्व मेयर दिपनारायण रौनियार मन्टु, वडा नम्बर ५ को वडा अध्यक्ष महेंद्र महतो ,वडा अध्यक्ष लक्ष्मण साह कानू , पूर्व वडा अध्यक्ष उमाकांत प्रसाद साह कानू , बांका राउत कुर्मी स्थानीय अग्रज, युवा लगायत का हरुको सहभागिता रहेको थियो । साभार



