वीरगन्ज । पर्साको पोखरिया नगरपालिका ५ सतवरिया मा आज बिहान स्थानीय शंकर प्रसाद रौनियार को घर मा चितूवा पसेपछि गाउँनै त्रसित बन्न पुग्यो । बिहानैदेखि विभिन्न प्रयास गर्दा समेत यो खबर तैयार गरिरहदा सम्म सो चितुवालाइ नियन्त्रणमा लिन सकिएको छैन ।
जिल्ला वन कार्यालय, जनपद प्रहरी र सशस्त्र प्रहरीले विहानैदेखी संयुक्त प्रयास गर्दा समेत नियन्त्रणमा लिन नसकिएकोले चितवनको प्राविधिक टोली बोलाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम के सीले जानकारी गराए ।
चितुवा समाने काम तालिम प्राप्त टोलीको रहेकोले चितवनको टोली बोलाइएको र नियन्त्रणमा लिन अझै केही समय लाग्ने प्रहरी निरीक्षक केसीले बताए । उनले भने “चितुवा जहा थियो तै लुकेर बसिरहेको छ तालिम प्राप्त टोली आउनासाथ नियन्त्रणमा लिइन्छ हालका लाई हामी सशस्त्र प्रहरी लगायत हामीले सुरक्षा दिरहेका छौं ।”
सो चितुवाले पोखरिया नगरपालिका ४ बसने वर्ष ३० का दिलमहमद मिया, ३९ वर्षीय जोगिंद्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिंद्र प्रसाद यादव लाई घाइते बनाएको हो ।
तेली र प्रहरी जवानको हात र हात को औलामा चोट लागेको छ भने मिया को छाती हाथ तथा टाउकोमा गहिरो चोट लागेकोले मिया लाई पोखरिया अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी नारायणी उपक्षेत्रीय अस्पताल बीरगंज मा पठाइएको थियो ।



