Categories समाचार

सेवाग्राहीसँग रु.५० हजार घुस लिइसकेको अवस्थामा वडा अध्यक्ष र सचिव पक्राउ

Advertisement

वीरगञ्ज । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष र वडा सचिव घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई घुससहित पक्राउ गरेको हो । 

Advertisement

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

Advertisement

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *