Categories समाचार

भारतबाट अवैध रुपमा ल्याएको आशंकामा एक गाडी गँहु प्रहरीको नियन्त्रणमा

Advertisement

वीरगन्ज । पर्साको ठोरीबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको आशंकामा एक गाडी गँहु नियन्त्रणमा लिएको छ ।

ठोरी नाका हुदै भित्रयाइएको गँहु चितवन लैजादै गरेको सुचनाका आधारमा इलाका प्रहरी कार्यालय ठोरीको टोलीले ठोरी गाँउपालिका वडा नम्बर २ स्थित हुलाकी सडकखण्डबाट १८५ बोरा गँहु सहितको गाडी नियन्त्रणमा लिएको हो ।

Advertisement

चितवन तर्फ जाँदै गरेको ना.५ ख ६३११ नम्बरको पिकअप गाडीलाई रोकेर जाँच गर्दा अनलाएन बिलका लगायतका आवश्यक कागजात नभएको १ सय ८५ बोरा अर्थात ९२ क्वीन्टल ५० केजी गँहु नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

Advertisement

बरामद गँहुको मुल्य ३ लाख २३ हजार ७५० रुपैया मुल्यांकन गरिएको पनि उनले बताए ।

बरामद गरिएको गँहु सहितको गाडी अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *