Categories समाचार

मिटरब्याज पीडितहरुको गुहार : “प्रधानमन्त्रीज्यू बाँच्ने वातावरण बनाइदिनुस्”

Advertisement

काठमाडौं । काठमाडौंमा न्यायका लागि १७ दिनदेखि संघर्षरत मिटरब्याज पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर न्याय मागेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग सामूहिक भेट गर्दै उनीहरूले धरधरी रुँदै न्याय मागेका हुन् ।

Advertisement

पीडितमध्येका एक श्यामले आफूलाई मिटरब्याजीले घरबाट निकालेपछि आफ्नै घरमा भाडामा बसेको बताउँदै प्रधानमन्त्रीसामू धरधरी रोए ।

Advertisement

‘हामीलाई घरबाट निकाले, छोराछोरी पढ्न पाएनन्। आफ्नै घरमा भाडामा बस्नु परेको छ,’ उनले भक्कानिंदै भने, ‘प्रधानमन्त्रीज्यू बाँच्ने वातावरण बनाइदिनुस् ।’

सिराह मिर्चैयाकी बालिका गरिमा राईले २ लाख रुपैयाँको ब्याज ३५ लाख पुर्‍याएको सुनाइन् । सुजाता साह नामक पीडकले आफूहरुलाई मार्छु भनेर धम्की दिएकफ र पढाइ छाडेको गुसानो प्रधानमन्त्रीसँग पोखिन् ।

‘म ६ महिनादेखि स्कुल छोडेर बसेको छु, गाउँघरका थानाले हामीलाई सुरक्षा दिएन । त्यो किन राखेको ?’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।

एकपछि अर्का पीडित आफ्नो गुनासो प्रधानमन्त्रीलाई सुनाउँदै गर्दा प्रधानमन्त्रीका अगाडि बसेका अन्य पीडितहरु  आँसु पछिरहेका थिए ।

पीडितको गुनासो सुनेपछि प्रधानमन्त्रीले सम्बोधन सुरु गरेका छन् । साभार : अनलाइन खबर

फाइल फोटो
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *