Categories शिक्षा समाचार

महानगरपालिकाकोसबै विद्यालय भोलिदेखि सञ्चालनमा आउने

Advertisement

बीरगन्ज – पर्साको बीरगन्ज महानगरपालिकामा सञ्चालित सबै विद्यालय भोलिदेखि सञ्चालनमा आउने भएका छन् ।

महानगरपालिकाले मंगलबार एउटा सूचना जारी गर्दै कोरोना भाइरस महामारीको तेस्रो लहरको जोखिम न्युनिकरण गर्न बन्द रहेका सामुदायिक र संस्थागत (निजी) विद्यालय भोलिदेखि सञ्चालनमा आउने जनाएको छ ।

Advertisement

बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा सामुदायिक विद्यालयका प्रधानाध्यापक, संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन लगायतका संगठनको प्रतिनिधिहरूको उपस्थितिमा भएको बैठकमा माघ २६ गते भोलीदेखि महानगर भित्र रहेका सम्पूर्ण विद्यालय भौतिक रुपमा सञ्चालनमा ल्याउने निर्णय भएको सूचनामा उल्लेख छ ।

Advertisement

विद्यालय सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालान गर्नुपर्ने हुन्छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *